थप ७ जनामा कोरोना संक्रमण पुष्टि

न्युजलय २४ चैत २०७८, बिहिबार १०:०७ मा प्रकाशित

 काठमाण्डौ । पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

४ हजार ६६८ जनामा गरिएको नमूना परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएन ।

मन्त्रालयका अनुसार अहिले देशभर ७४७ जना सक्रिय संक्रमित रहेका छन् ।