५६ जना नेपाली मजदुर चढेको बस भारतमा दुर्घटना, एक बालकको मृत्यु

न्युजलय ३ पुस २०७८, शनिवार ०८:३२ मा प्रकाशित

काठमाडौं । नेपाली मजदुर चढेको बस भारतमा दुर्घटना भएको छ । बिहीबार धनगढीबाट भारत गएको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।


धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी १३७५ नम्बको बस भारतको पलियामा दुर्घटना भएको हो ।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परेर अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको हो ।


घाइतेहरूको भारतमै उपचार भइरहेको छ भने मृतकको शव पनि भारतमै छ ।