प्रचण्डलाई भेट्न राजेश हमाल पुगे खुमलटार

न्युजलय १७ असार २०७९, शुक्रबार ०५:०८ मा प्रकाशित

 काठमाडौं । नेपाली चलचित्र  ‘महानायक’ राजेश हमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज भेटघाट गरेका छन् । 

उनी शुक्रबार(आज) बिहान प्रचण्डलाई भेट्न एक्लै उनको निवास खुमलटार पुगेका थिए ।

पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पुर्‍याइरहेको असरप्रति हमालले प्रचण्डको ध्यानाकर्षण गराएका थिए । 

भेटवार्ताका क्रममा नेपालको राजनीतिक विषयवस्तुबारे पनि कुराकानी भएको बताइएको छ ।