प्रधानमन्त्री देउवाः ‘महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ’

न्युजलय २४ भदौ २०७९, शुक्रबार ०४:३७ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजाबेथ द्वितीयलाई नेपालले सधैं सम्झिइरहने बताएका छन् । 

प्रधानमन्त्री देउवाले महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली नागरिकले एक ठूलो प्रशंसक गुमाएको बताएका छन् । 

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा बेलायती शाही परिवारप्रति समवेदना प्रकट गरेका हुन् । 

प्रधानमन्त्री देउवाले सन् १९६१ र १९८६ मा भएको महारानीको राजकीय भ्रमणलाई पनि नेपालले सम्झिइरहने बताएका छन् । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।