प्रदेश १ मा राजेन्द्र राईकै नेतृत्वमा सरकार बन्छ; माधवकुमार नेपाल

न्युजलय १३ कार्तिक २०७८, शनिवार ०४:२० मा प्रकाशित

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  प्रदेश १ मा पनि नेकपाकै सरकार बन्ने दाबी गरेका छन्। 

विराटनगरमा नेपालले प्रदेश १ मा राजेन्द्र राईकै नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन्। काग्रेससँग आधा –आधा कार्यकालबारे केही छलफल नभएको नेपालले दाबी गरे।

उनले भीम आचार्य नेतृत्वको सरकारलाई हटाउने र गठबन्धनको सरकार बन्ने स्पष्ट पारे। 

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने प्रश्नमा उनले त्यस विषयमा छलफल नभएको जिकिर गरे।

उनले अदालतलाई सम्मान गर्न आग्रह समेत गरे। वर्तमान अवस्थामा  देखिएका समस्यालाई छलफल गरेर समाधान गर्नुपर्ने उनको भनाई छ।