हिक्मत कार्कीः सभामुखलाई राजीनामा गराउनु अमर्यादित खेल

न्युजलय १६ साउन २०८०, मङ्गलबार ०६:४६ मा प्रकाशित

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेसले सभामुखलाई राजीनामा गराएर अमर्यादित खेल खेल्न खोजेको बताएका छन् ।

राजनीतिक सङ्कटबाट बाहिर निस्कन कांग्रेस र एमाले मिल्नुपर्ने भए पनि तत्काल सम्भावना आफूले नदेखेको उनले बताए ।

‘अहिलेको राजनीतिक संकट र राजनीतिक अस्थीरतालाई हल गर्न कांग्रेस एमाले एक ठाउँमा हुनुपर्छ भन्ने मान्यता मेरो हो,’ उनले भने,‘ कांग्रेस त्यो बाटो मै छैन, कांग्रेस असंसदीय मान्यता,असंवैधानिक काम, कानुनको सर्वोच्चतालाई कुल्चिने काममा छ,  हिजो सभामुखलाई जवरजस्ती सही गरायो, आज सभामुखलाई राजीनामा गराएर अमर्यादित काम गरेर सत्ता प्राप्त गर्न खोज्दैछ ।’

प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका पाँच बजे सकिंदैछ ।