प्रकाशमान सिंहसँग ८१८ मतले हारेका मिश्र फेरी चुनाव लड्दै

न्युजलय ३ साउन २०७९, मङ्गलबार ११:२९ मा प्रकाशित

काठमाडौ । विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ मा चुनाव लड्ने तयारीमा छन् । मिश्र काठमाडौं १ मा संघीय निर्वाचन लड्ने तयारी गर्दैछन् । पार्टीबाट वा स्वतन्त्र रूपमा उम्मेदवार हुने भन्ने अहिले यकिन भइसकेको छैन ।

मिश्र २०७४ मा पनि काठमाडौं क्षेत्र नम्बर १ मा उठेका थिए । उनी त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । सिंहले १० हजार नौ सय ३६ मत ल्याएका थिए भने मिश्रले १० हजार एक सय १८ मत ल्याएका थिए ।

मिश्र राजसंस्था, संघीयता खारेजी र हिन्दु बौद्ध राष्ट्रको अवधारणा अघि सारेर चुनावमा जाने भएका छन् । फाइनप्रिन्टले प्रकाशन गर्न लागेको पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) राजनीतिक शुद्धीकरणको अभियानमा जाने मिश्रले बताएका छन् ।