सुनसरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते

न्युजलय ३० कार्तिक २०८०, बिहिबार ०८:३७ मा प्रकाशित

इनरुवा । सुनसरीमा भएका छुट्टाछुट्टै दुई वटा दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  


धरान ६ मालपोत चोकमा गएराति को२ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बूको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 


घाइते हुनेहरुमा स्थानीय दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर छन् । तीन जनाको वीपी प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।


त्यसैगरी मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवडाको बुधबार निधन भएको छ । बा२७प ८७०१ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । 


खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।