केपी ओलीः ‘एमालेको सरकार नबने देश बर्बाद हुन्छ’

न्युजलय २७ भदौ २०७९, सोमबार ०८:३५ मा प्रकाशित

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले जित्न नसके देश बर्बाद हुने बताएका छन् । 

सोमबार(आज) नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्देश्य पूरा गर्नका लागि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताएका हुन् ।

पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको आरोप उनले लगाए । त्यसैले पनि गठबन्धनलाई अर्को पाँच वर्ष दिन नहुने उनको भनाइ थियो ।

गठबन्धनले सबैको भोट संकलन गरेर बहुमत पु¥याउने खेल खेलिरहेको आरोप लगाउँदै उनले पाँच दलीय गठबन्धन देश र जनताका लागि नभएर तिनै दलका नेताहरुका लागि केन्द्रित रहेको बताए ।