काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले नेपालमा राजतन्त्र फर्कनुपर्नेमा पुनः जोड दिएका छन् । उनले पूर्व युवराज पारस शाहका छोरा हृदयेन्द्रलाई गद्दी आसनसहित जन्मदिनको शुभकामना दिएका छन् ।
२१ औँ जन्मदिनमा शुभकामना दिँदै उनलाई एक दिन राजाको रूपमा देख्न चाहेको उल्लेख गरेका छन् । गणतन्त्र र राजतन्त्र निर्णय भइनसकेको समयमा गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्र शाहलाई गद्दीबाट हटाउने र हृदयेन्द्रलाई बेबी किङको रूपमा स्थापित गर्ने प्रस्ताव राखेका थिए । तर त्यो सफल हुन सकेको थिएन ।
शुभकामनामा मिश्रले लेखेका छन्ु बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलो चाँडो नराम्रो सङ्कटमा फस्छ(फस्छ। त्यसैले, सङ्कटका बेला मात्र सदुपयोग गर्ने उद्देश्यका साथ सांसदले बाँधेर खोपामा भए पनि राजसंस्था राखौँ ।