काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको बताएका छन् ।
शुक्रबार पार्टी निकट महिला संघको भेलालाई काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावी गठबन्धन गर्न ओली पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको बताएका हुन् ।
उनले कैलालीबाट प्रधानमन्त्री पत्नी आरजु राणाले गठबन्धनबाट चुनाव लड्ने बताएको भन्दै उनलाई धन्यवाद दिए । विचार मिल्नेसँग मिल्न सकिने उनले बताए ।