एजेन्सी । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले बुधबार(आज) दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण एक हजार ७३३ जनाको मृत्यु भएको छ ।
सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमित र मृतकहरुको सङ्ख्या निरन्तर घट्दै गइरहेको जनाएको छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या चार करोड १६ लाख ३० हजार ८८५ पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ९७ हजार ९७५ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।