आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुल्हो दिइने

न्युजलय २५ जेठ २०७९, बुधबार ०६:१५ मा प्रकाशित

काठमाडौँ । देशका विभिन्न ठाउँबाट अध्ययनका लागि काठमाडौँ आएका लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीका लागि विद्युतीय चुल्हो दिइने भएको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आज सूचना निकाली विद्युतीय चुल्होका लागि आवेदन दिन आग्रह गरेको हो।

आवेदनका लागि विद्यार्थीले शिक्षण संस्थाको सिफारिस, परिचयपत्रको प्रतिलिपिसहित आगामी असार ९ गतेभित्र केन्द्रमा गई निवेदन दिनुपर्नेछ।

केन्द्रका अनुसार विद्यार्थीको राहतका लागि चुल्हो दिन लागिएको हो ।