आज थप ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

न्युजलय १७ कार्तिक २०७८, बुधबार ०८:४९ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।


देशभर ९ हजार ९ सय १३ जनामा परीक्षण गरिएको थियो। यससँगै देशभर ९० हजार १ सय २३ जना संक्रिय संक्रमित छन्।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४ सय ३९ जना संक्रमण मुक्त भएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ।


यससँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३४ पुगेको छ।