इटहरी । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गते बोलाइएको छ ।
प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।
असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गते बस्न लागेको हो । एमालेका ३९ र कांग्रेसका ८ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन् ।
उनले प्रदेशसभाको आगामी बैठकबाटै विश्वासको मत लिनसक्ने बताइएको छ ।