काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ, ३७५ जना घाइते भएका छन् ।
जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो ।
सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्जमा उपचार गरिएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
अहिले सरकारले उद्धार तथा राहतको कार्य गरिरहेको छ । प्रदेश, संघीय सरकारले सहयोग रकम छुट्याएका छन् ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
केएमसी अस्पतालले घाइतेको निःशुल्क उपचारको घोषणा गरेको छ ।
यस्तै नेपाली काँग्रेस तथा नेकपा एमालेले पनि आर्थिक सहयोगको घोषणा गरेका छन् ।