जीप दुर्घटनामा ६ जनाको मृत्यु

न्युजलय २६ कार्तिक २०८०, आइतबार ०७:२० मा प्रकाशित

नवलपरासी । पूर्वी नवलपरासीमा भएको बलेरो दुर्घटनामा ६ जनाको मृत्यू भएको छ । पूर्वी नवलपरासीको दलदले बुलिगँटार सडक खण्डको देबचुली नगरपालिकाको गोरे घुम्तीमा आज भएको बोलेरो जीप दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बले जनाएको छ ।


जीप अनियन्त्रित भई सडकबाट एक सय ५० मिटर तल झरेर ओमराज अधिकारीको घरमा ठोक्किन पुगेको हो ।