काठमाडौं । धरानस्थित बिपी प्रतिष्ठानका पदाधिकारीलाई काममा रोक लगाउने सरकारको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरिले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन फागुन १५ गतेसम्मका लागि अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जानकारी दिएको छ ।
फागुन १५ गते दुबै पक्षलाई छलफलका लागि अदालतमा उपस्थित हुन भनिएको छ। सर्वोच्चको अल्पकालिन अन्तरिम आदेशसँगै अब प्रतिष्ठानमा फर्किएर गिरिसहितका पदाधिकारीले काम गर्न पाउनेछन्।
गत पुस ३० गतेको मन्त्रिपरिषद् बैठकले बिपी प्रतिष्ठानका बहालवाला पदाधिकारीहरूलाई काम गर्न रोक लगाएको थियो।