काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले आजदेखि धनगढी पुगेर सत्याग्रह सुरु गर्ने भएका छन् ।
आज दिउँसो देखि २० औँ सत्याग्रह सुरु गर्नेगरी आफू अहिले नै फ्लाइटमार्फत् धनगढी जान लागेको डा. केसीले बताए । केसीले पछिल्लो समय सरकारसँग सात बुँदे माग राख्दै आएका छन् ।
यसअघि, भदौ १२ देखि सुरु गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै दुई साताका लागि स्थगित गरेका थिए ।