बुढीगंगामा ७ वडासहित मेयर र उपमेयरमा एमाले विजयी

न्युजलय २६ असार २०७९, आइतबार ०६:०४ मा प्रकाशित

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा मेयर र उपमेरसहित सात वडामा नेकपा (एमाले) विजयी भएको छ ।

आइतबार(आज) आएको अन्तिम मत परिणाममा मेयरमा रामबहादुर बानिया र उपमेयरमा माया कुमारी खड्का (कुवँर) विजयी भएका हुन् ।