काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० का लागि खोटाङलाई साढे तीन अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ ।
अर्थ मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका तीन अर्ब ६२ करोड एक लाख बजेट उपलब्ध गराएको हो ।
जिल्लाको सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरलाई रु ६५ करोड १५ लाख र सबैभन्दा कम बराहपोखरी गाउँपालिकालाई रु २४ करोड २४ लाख बजेट छुट्याइएको हो ।
हलेसी तुवाचुङ नगरलाई रु ४९ करोड छ लाख, ऐसेलुखर्क गाउँपालिकालाई रु ३२ करोड ४९ लाख, केपिलासगढी गाउँपालिकालाई रु २५ करोड ८६ लाख, खोटेहाङ गाउँपालिकालाई रु ४३ करोड एक लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै जन्तेढुङ्गा गाउँपालिकालाई रु २९ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई रु ३७ करोड ९२ लाख, साकेला गाउँपालिकालाई रु २५ करोड ६० लाख र रावाबेसी गाउँपालिकालाई रु २८ करोड ७३ लाख बजेट विनियोजन भएको अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ । अर्थ मन्त्रालयले गत वर्ष १० स्थानीय तहका लागि रु तीन अर्ब ५७ करोड ६४ लाख बजेट उपलब्ध गराएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष खोटाङका १० स्थानीय तहका लागि रु छ लाख मात्र बजेट बढेर आएको छ ।