काठमाण्डौ । जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरुङले सोमबार साँझ महाराजगञ्जस्थित आफ्नो निवासमा अज्ञात समूहले रकेट बम हानेको दाबी गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले आफू देशलाई शिरमा बोकेर हिँड्ने नेपाल आमाकी छोरी भएकाले आक्रमण प्रयास भइरहेको पनि उल्लेख गरेकी छन्।
उनले आक्रमण भएपछि महानगरीय प्रहरी बृत्त महाराजगञ्ज र गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरेको बताइन्। गुरुङले आफू संघीय सांसद र पूर्व राज्यमन्त्री पनि भएकाले सुरक्षागार्ड उपलब्ध गराउन माग गरिन्।
गुरुङ पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री हुन्। उनी जनता समाजवादी पार्टीबाट समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य छिन्।