अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकारलाई गरे गाली, भने, ‘स्टुपिड सन अफ बिच’

न्युजलय ११ माघ २०७८, मङ्गलबार ०२:०६ मा प्रकाशित

काठमाण्डौ । अमेरिकामा बढ्दो महँगीको प्रश्नमा राष्ट्रपति जो बाइडेन रिसाएर पत्रकार सम्मेलनमा प्रश्न सोध्ने पत्रकारलाई गाली गरेका छन् । बाइडेनको यो भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ । 

वास्तवमा फक्स न्युजका पत्रकार पिटर डुसीले बाइडेनलाई लगातार बढिरहेको महँगीले मध्यावधि चुनावमा उनको पार्टीलाई कति हानी हुन्छ भनेर सोधेका थिए । बाइडेनले यसको जवाफमा यसले हानी होइन, फाइदा चाहिँ हुने बताए । त्यसपछि पत्रकारलाई ‘स्टुपिड सन अफ बिच’ भने । 

बाइडेन  यसअघि पनि पत्रकारमाथि जाइलागिसकेका छन् । अघिल्लो हप्ता, फक्स न्युजकी एक महिला पत्रकारले युक्रेनको मामिलामा रुसका राष्ट्रपतिले पहिलो कदम उठाउनका लागि तपाईं किन प्रतीक्षा गरिरहनुभएको छ भनेर प्रश्न सोधेकी थिइन् । यस्तोमा बाइडेनले कस्तो मूर्खतापूर्ण प्रश्न सोधेका होला भनेर रिस पोखे । 

अमेरिकी राष्ट्रपति जो बाइडेन सत्तामा आएको एक वर्ष पूरा भइसकेको छ ।