२०७८ साल माघ ६ गते बिहिबार

चितवन पुगेर कमल थापाले भने, ‘दुई वटा कामको लागि ओलीलाई संधै नेपालीले सम्झने छ’

शंकर खत्री १० मङ्सिर २०७८, शुक्रबार ०३:०४ मा प्रकाशित

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई वटा महत्वपूर्ण योगदानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संधै नेपालीले सम्झने बताएका छन् । 

एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र चितवनको नाराणयी किनारमा पुगेर शुभकामना दिँदै उनले विप्लपलाई मुलधारको राजनैतिमा ल्याउन सफल भएको र लिपुलेक, लिम्पियाधुर र कालापानी भूभाग नेपाललाई फिर्ता गराएकोले संधै नेपालीले ओलीलाई सम्झिरहने बताएका हुन् । 

‘तराई मधेशमा देखिएको पृथकताबादी आन्दोलन र विप्लप माओवादीलाई शान्तिपूर्ण राजनैतिक मूलधारमा ल्याउन तपाइँहरुले महत्पूर्ण योगदान पूर्याउनु भयो’, अध्यक्ष थापाले भने, ‘र, सबैभन्दा महत्वपूण कुरा केपी ओलीकै नेतृत्वमा लिम्पियाधुरासमेत समेटेर नेपालले आफ्नोमा सिमामा सिमाको रक्षाका लागि प्रतिवद्धता व्यक्त गरेको छ । 

र, चुच्चे नक्सा बनाएर त्यसलाई संविधानमा संस्थागत गरेर नेपाल र नेपाली जनतालाई अविश्मरणीय गुण लगाउनुभएको छ । यहि कारणले गर्दा तपाइँहरुको यो सम्मेलनबाट मैले सहासिक नेतृत्वको अपेक्षा गरेको छु ।’