वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति आक्रामक बनेका छन् ।
बिहीबार पर्साको वीरगञ्जमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले यादवप्रति कटाक्ष गर्दै मधेसवाद र मधेसी जनताको नाममा सिँढी चढेर सत्तामा रमाउने गरेको र मधेसको मुद्दा छोड्ने गरेको आरोप लगाए ।
वरिष्ठ नेता महतोले मधेसमा विभिन्न तहमा समस्यामा परेका जनतालाई हक अधिकार दिलाउन पार्टी लड्दै गरेकाले हकअधिकारका मुख्य एजेण्डा रहेको पनि बताए ।