काठमाडौं । आज देशका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश–१, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
हाल नेपालमा स्थानीय वायु र भारतको बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखाको प्रभाव छ । राति प्रदेश–१ र गण्डकीका केही स्थान तथा बागमती र लुम्बिनीका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।