काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
उनमा कुनै प्रकारको लक्षण नदेखिएको र घरमै आइसोलेसनमा बसेको गौतमले बताए ।