रुसी सैन्य तालिम केन्द्रमा आक्रमण हुँदा ११ जनाको मृत्यु

न्युजलय ३० असोज २०७९, आइतबार ०१:४५ मा प्रकाशित

काठमाडौं । रुसी सैन्य तालिम केन्द्रमा शनिबार बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।

 

सैन्य तालिमको क्रममा युक्रेनमा लड्न स्वयम्सेवा गरेको एउटा समूहमा दुई व्यक्तिले गोली हानेको समाचार एजेन्सी रियालाई उदृत गर्दै बीबीसीले जनाएको छ।


आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रुसी रक्षा मन्त्रालयले बताएको छ ।  


युक्रेनसँग सीमा जोडिएको रुसको बेल्गोरोड क्षेत्रमा उनीहरूको गोली हानी हत्या गरिएको थियो । घटनामा थप १५ जना घाइते भएका छन् ।