केदारनाथमा हेलिकोप्टर दुर्घटना, सात जनाको मृत्यु

न्युजलय ३२ असोज २०७९, मङ्गलबार ०७:३५ मा प्रकाशित

काठमाण्डौ । भारतको उत्तराखण्डस्थित केदारनाथ नजिक दर्शनार्थी बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित सात जनाको मृत्यु भएको छ । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार केदारनाथबाट दुई किलोमिटर टाढा गरुडचट्टी भन्ने स्थानमा हेलिकोप्टर दुर्घटना भएको हो । 

उत्तराखण्डका मुख्यमन्त्रीका प्रमुख सचिव अभिनव कुमारले  हेलिकोप्टर दुर्घटनामा दुई पाइलटसहित सात जनाको मृत्यु भएको पुष्टि गरेका समाचारमा जनाइएको छ । 

खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । अहिले उद्धारको काम भइरहेको छ ।