२०७८ साल मङ्सिर १३ गते सोमबार

विराटनगरमा कांग्रेसको प्रदेश १ अधिवेशनको तयारी तीव्र

न्युजलय ८ मङ्सिर २०७८, बुधबार ०४:३१ मा प्रकाशित

विराटनगर । नेपाली काग्रेस प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशनको तयारी तीव्र पारेको छ । 

महाधिवेसनको सन्दर्भमा विराटनगरमा अयोजित पत्रकार सम्मेलनमा अधिवेशन आयोजक प्रचार समितिका संयोजक राजिव कोइरालाले अधिवेशन बारेमा जानकारी दिँदै १६ गते विराटनगरमा हुने बताए ।

कोइरालाले नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका २ शकरपुरमा रहेको विराट नर्सिङ होमपुर्बको खाली जमिनमा उद्घाटन हुने र प्रदेश कार्य समितिको निर्वाचनका सम्पूर्ण कार्यक्रम विराटनगर ९ जहदा रोडमा रहेको सिद्धि पार्टी प्यालेसमा हुने बताए ।

प्रथम अधिवेशनको उद्घाटन केन्द्रीय सदस्य एवम् आयोजक समितिका संयोजक कृष्णाप्रसाद सिटौलाले गर्ने जानकारी दिए ।

१७ सय जनाको उपस्थिति रहने प्रदेश अधिवेशनमा आवासलगायत सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाली कांग्रेस मोरङ जिल्ला समितिले गर्ने बताए ।

नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश नम्बर १ का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष, संघीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दरले ७ सयजना महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना कांग्रेसका केन्द्रीय सदस्यहरूका भ्रातृ संस्था र शुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका लागि मतदाता रहने नेपाली कांग्रेसले जनाएको छ ।