श्रीलङ्कामा सडक दुर्घटना, ४४ जना घाइते

न्युजलय ३० असोज २०७९, आइतबार ०३:०० मा प्रकाशित

काठमाडौं । श्रीलङ्कामा शनिबार ट्रक र यात्रु बोकेको बस एकआपसमा ठोक्किँदा कम्तीमा ४४ जना घाइते भएका छन् ।

 

श्रीलङ्काको उत्तरी प्रान्तमा व्यस्त ए नाइन सडकछेउमा उक्त दुर्घटना भएको हो । 

 

प्रहरीका अनुसार बसले एक्कासि सडकमा फरक दिशातर्फ मोडिँदा तीब्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिएको थियो ।


बसमा करिब ५० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । 

 

घाइते यात्रु र बस चालकलाई जाफना, पल्लई र किलिनोच्ची अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।