कोसी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको ३६ अर्ब २४ करोडको बजेट

न्युजलय ३३ जेठ २०८०, शुक्रबार १२:३६ मा प्रकाशित

विराटनगर । कोसी प्रदेश सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०८०।८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ ।

चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीत तहमा वित्तीय हस्तान्तरण ३ अर्ब ६० करोड २९ लाख ९२ हजार सार्वजनिक गरेको छ ।

कोसी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रस्तुत गरेका हुन् ।

स्रोततर्फ राजस्व ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, वित्झसमानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदान ७३ करोड, विशेष अनुदान ७६ करोड र बाँकि अपुग रकममा वचतबाट ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार छ ।