प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

न्युजलय १८ फाल्गुण २०७८, बुधबार ०७:३४ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन २२ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । 

बुधबार(आज) को बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गरेका थिए ।

बैठकको सुरुदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले वेल घेराउ गर्दै विरोध गरेका थिए । आगामी बैठक आइतबार १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।