इटहरी । नेपाल विद्यार्थी संघ (नेविसंघ) जनता बहुमुखी क्याम्पस इकाई सभापतिमा सुमनबाबु बस्नेत सर्वसम्मत चयन भएका छन् ।
मंगलबार आयोजित २० औं इकाई अधिवेशनबाट बस्नेत सर्वसम्मत सभापतिमा चुनिएका हुन् ।
अन्य पदाधिकारी र सदस्यहरुको टुङ्गो लाग्न बाँकी रहेको र सर्वसम्मत सहमतिको प्रयास भईरहेको नेविसंघ नेता मार्सल बस्नेतले जानकारी दिएका छन् ।
जनता बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीको प्रमुख आतिथ्यतामा खुल्ला सत्र कार्यक्रमको उद्घाटन गरिएको थियो । स्ववियु अध्यक्ष एवं नेविसं जनता क्याम्पस निर्वतमान सभापति सहदेव काफ्लेको अध्यक्षतामा सम्पन्न खुल्ला सत्रमा विद्यार्थीहरुको प्रस्तुति साथै क्याम्पसमा उत्कृष्ट नतिजा (वि.सं. २०७४ देखि २०७९) ल्याउन सफल विद्यार्थी माधव ्िरसाद खनाल, बिपना कुमारी बास्तोला, दिपक चौधरी, सुरेन्द्र योङहाङ, देश कुमार राई र मल्लिका बास्तोलालाई सम्मान गरिएको थियो ।