काठमाण्डौ । चीन आफ्नो देशको घट्दो जनसंख्याबाट चिन्तित छ ।
कुनै समय जनसंख्या नियन्त्रणका लागि कडा कदम चालेको चीनको सरकारले अहिले जनसंख्या बढाउनका लागि विभिन्न खालका उपाय अपनाउन थालेका छ ।
चीनमा एक सन्तान नीति खारेज गरेर दुई सन्तान नीति लागू गरेपछि पनि जनसंख्या वृद्धिदरमा उल्लेख्य नबढेपछि सरकारले तीन सन्तान नीति लागू गरेको छ ।
तीव्र रुपमा घटिरहेको जनसंख्या वृद्धिदरका लागि चीन सरकारले नागरिकहरुलाई बिहे गर्न र तीनवटा बच्चा जन्माउनका लागि विभिन्न खाले अफर दिन थालेको छ ।
चीनले प्रोत्साहनका रुपमा बेबी बोनस, लामो तलबी विदा, करमा कटौती तथा बच्चाको पालन पोषण गर्नका लागि अनुदान दिने घोषणा गरेको छ ।
चिनियाँ अधिकारीहरू दम्पतीहरूलाई तेश्रो बच्चा जन्माउन प्रेरित गर्नका लागि संगठन तथा स्थानीय प्रशासनका माध्यमबाट विभिन्न खाने लोभ्याउने अफर पनि अगाडि सारिरहेका छन् । बेइजिङ डबिनंग टेक्नोलोजी ग्रुपले आफ्नो कर्मचारीहरुलाई ९० हजार युआनसम्म नगद, १२ महिनाको प्रसुति विदा र ९ दिनको सुत्केरी स्याहार बिदालगायतका विभिन्न सुविधा घोषणा गरेको छ ।