मोटरसाइकल दुर्घटनामा इटहरीका गौतमको मृत्यु

न्युजलय ५ कार्तिक २०८०, आइतबार ०८:०३ मा प्रकाशित

इटहरी । सुनसरीको खनारमा भएको सवारी दुर्घटनामा परि इटहरी १ निवासी ३५ वर्षका इकार गौतमको मृत्यु भएको छ । 

ईलाका प्रहरी कार्यलय इटहरीका अनुसार गौतमले कुदाएको  को २९ प २४२ नम्बरको मोटरसाइकल आफै अनयन्त्रित भई बिजुलीको पोलमा ठोकिदा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका गौतमलाई  कोशी अस्पताल बिराटनगरमा उपचारका  क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।