बैतडी । बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तरगत ना ७ ख २५७० नम्बरको बस विहीबार बिहान ६ बजे दुर्घटनामा परेको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ । ३२ यात्रु रहेको उक्त बसमा सवार अन्यको अवस्था सामान्य प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।