काठमाण्डौ । चीनमा एकै दिन १३ हजार भन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार एक सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य विभागलाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
दैनिक विवरण अनुसार यो सङ्ख्या चिनमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै धेरै रहेको पनि चिनियाँ स्वास्थ्य विभागले जनाएको छ ।
सबैभन्दा धेरै साङ्घाईमा कोरोना फैलिएको छ भने अरु दर्जन बढी प्रान्तमा कोरोना फैलिएको छ । कोरोना फैलिएको क्षेत्रमा कडा प्रतिबन्धहरु लगाउनुको साथै परिक्षणलाई तिब्रता दिइएको छ ।