मोरङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

न्युजलय २९ मङ्सिर २०८०, शुक्रबार १२:१४ मा प्रकाशित

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ मा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

उर्लाबारी १ स्थित खेतमा माटो लोड गरी सडकतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त १०५६ नम्बरको ट्याक्टरबाट लडेर सहचालक मिक्लाजुङ गाउँपालिका ९ का ३४ वर्षीय नैन श्रेष्ठको मृत्यु भएको हो ।

लडेर घाइते भएका उनको तत्काल उपचारको लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो ।

दुर्घटनामा संलग्न ट्रयाक्टर चालक मिक्लाजुङ–९ का भागिरथ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।