२०७८ साल माघ ६ गते बिहिबार

२ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि

न्युजलय १० मङ्सिर २०७८, शुक्रबार ०४:२४ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो २४ घण्टामा २ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ४४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट २८ जनाको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ७२२ जना निको भइसकेका छन् । हाल देशभर ७ हजार २८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै, थप २ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५१८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ९६ हजार ८५३ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।