भ्लादिमिर पुटिनलाई जिउँदै वा मृत ल्याए १० लाख अमेरिकी डलर दिइने

न्युजलय १९ फाल्गुण २०७८, बिहिबार ०७:३४ मा प्रकाशित

काठमाडौं । रुसका व्यापारीले रुसी राष्ट्रपति पुटिनको टाउकोको मूल्य १० लाख अमेरिकी डलर तोकेका छन् ।


रुसी व्यापारी अलेक्स कोनान्खिनले पुटिनलाई पक्राउ गरेको खण्डमा रुसी सैनिक अधिकारीलाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका हुन् ।


सामाजिक सञ्जाल लिंकडेनमा एउटा सन्देश जारी गर्दै उनले पुटिनलाई पक्राउ गरेको खण्डमा १० लाखको इनाम घोषणा गरेका हुन् । ‘रुसी र अन्तर्राष्ट्रिय कानूनअनुसार युद्धअपराधी पुटिनलाई पक्राउ गरी संवैधानिक कर्तव्य पालना गरेको खण्डमा सैनिक अधिकारीहरूलाई म १० लाख अमेरिकी डलर इनाम दिने बाचा गर्दछु ।’ उनको सन्देशमा उल्लेख छ ।


उक्त सन्देशमा उनले ‘वान्टेड : डेड अर अलाइभ भ्लादिमिर पुटिन फर मास मर्डर’ चाहियो : जिउँदै वा मृत, आम हत्याका लागि भ्लादिमिर पुटिन लेखिएको छ ।