नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा सिफारिस

न्युजलय २ चैत २०७८, बुधबार ०२:३६ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका ३ प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

 

बढुवा समितिको सचिवालयका सदस्य सचिव प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्रीले मंगलबार सूचना प्रकाशित गर्दै वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बढुवा गर्न सिफारिस गरिएको जनाएका छन् ।

 

बढुवा समितिको मंगलबारको बैठकले बढुवा सिफारिस गरेको जनाइएको छ ।