थप २ हजार ४०१ जनामा कोरोना पुष्टि, १४ को मृत्यु

न्युजलय २६ माघ २०७८, बुधबार १०:३९ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् । 

यसैबीच पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।