बानेश्वर अशान्तः एमसीसी विरोधमा उत्रेकामाथि पानीको फोहोरा र अश्रुग्यास

न्युजलय १२ फाल्गुण २०७८, बिहिबार ०८:१९ मा प्रकाशित

काठमाडौं । एमसीसी विरुद्ध बानेश्वरमा भइरहेको प्रदर्शनमा झडप भएको छ।

एमसीसीको विरोध गर्दै सडकमा ओर्लिएका प्रदर्शनकारीहरु संसद भवनतिर अघि बढ्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगामुढा गरेका छन्। 

आज प्रतिनिधिसभामा एमसीसीबारे छलफल हुने भनिए पनि सहमतिका लागि भन्दै बैठक स्थगित गरिएको छ। अर्को बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ।