मुम्बईमा २० तले भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु

न्युजलय ८ माघ २०७८, शनिवार ०१:१६ मा प्रकाशित

काठमाण्डौ । भारतको मुम्बईमा एक भवनमा आगलागी हुँदा सातजनाको मृत्यु भएको छ। 

मुम्बईको तारदेवस्थित भाटिया अस्पताल नजिकै रहेको २० तले भवनमा शनिबार(आज) बिहान आगलागी भएको हो।

कमला भवनको १८ औँ तालबाट आगलागी भएको हो। घटनामा सातजनाको मृत्यु हुनुका साथै अरु केही घाइते भएका छन्। घाइतेको भाटिया अस्पतालमा उपचार भइरहेको समाचार संस्था एएनआईले जनाएको छ।

अस्पताल भर्ना हुनेको संख्या १५ पुगेको जनाइएको छ । १३ दमकल तथा सातवटा पानीका जेटले आगो नियन्त्रणमा लिएका छन्। आगलागीको कारण खुलेको छैन।