खोटाङमा आगलागी हुँदा एउटा घर जल्यो

न्युजलय ४ मङ्सिर २०८०, सोमबार ०७:५८ मा प्रकाशित

खोटाङ । केपिलासगढी गाउँपालिकाको बाक्सिाला बजारमा आइतबार आगलागी हुँदा मन्सा राईको घर जलेर नष्ट भएको छ । 


विद्युत् सर्टबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीका बेला भागदौडमा १५ वर्षीया सरिता तामाङ घाइते भएकी छन् ।