भारतबाट ३८ रुपैयाँ प्रतियुनिटमा बिजुली किन्दै प्राधिकरण

न्युजलय १० चैत २०७८, बिहिबार ०७:५३ मा प्रकाशित

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रति युनिट ३८ रुपैयाँ विद्युत किन्ने भएको छ।

बिहीवार प्राधिकरणले पत्रकार सम्मेलन गर्दै आज राति १२ बजेर १५ मिनेटपछि ३८ रुपैयाँ युनिटमा विद्युत किन्न लागिएको प्राधिकरणका प्रमुख कुलमान घिसिङले जानकारी दिए। 

अब कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने घिसिङले दावी गरेका छन्। जेठमा उत्पादन बढ्ने भएकाले कुनै पनि समस्या नपर्ने समेत जानकारी दिए। असार देखि ४ देखि ५ सय मेगावट बिक्री गर्न सकिने गरी उत्पादन हुने समेत उनले जानकारी दिए।

महँगोमा विद्युत किने पनि सेवाग्राहीलाई लिने मुल्य भने नबढ्ने घिसिङले बताए।