यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय १३ चैत २०७८, आइतबार ०२:०२ मा प्रकाशित

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ।


आज आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी  भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।


देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न तथा पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।