काठमाडौं । नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६,०८१ पीसीआर परीक्षणका क्रममा ७७ जना र २ हजार ५ सय २७ एन्टिजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९४९ जनाको मृत्यु भएको छ ।