लोक सेवाले माग्यो २८४ शाखा अधिकृत

न्युजलय २९ मङ्सिर २०७८, बुधबार ०४:२३ मा प्रकाशित

काठमाडौं । लोक सेवा आयोगले २८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुला गरेको छ।

बुधबार(आज) को गोरखापत्रमा सूचना प्रकाशित गर्दै अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो।

आयोगले न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि  आवेदन खुला गरेको हो।

यी पदहरूमा पुस २० गतेसम्म आवेदन दिन पाइने छ। पुस २७ गतेसम्म पनि दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ।

अनलाइनमार्फत् आवेदन दिन सकिनेछ। शाखा अधिकृतको परीक्षा आगामी चैतमा हुने आयोगको सूचनामा उल्लेख छ।